
काठमाडौं । सरकारले ढिलो कर तिर्दा जरिवाना नलाग्ने बताएको छ । सरकारी कार्यालयमा भिडभाड कम गर्न भन्दै कर तिर्न हतार नगर्न भनिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उक्त निर्णय भएको जानकारी दिएका हुन् । कार, बस, मोटरसाइकल तथा अन्य सवारीसाधनको वार्षिक कर लाग्ने सम्पूर्ण जरिवाना सरकारले मिनाह गर्ने भएको हो ।
साथै मालपोत, विद्युत, लगायतमा लाग्ने जरिवानावापतको शुल्क समेत मिनाह गर्ने भएको छ । सरकारले कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्