×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मिसन हुण्डी’माथि प्रहरीको ‘क्रस चेक’ : स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित १ जना प्रहरीको फन्दामा !

PRIME CA

‘मिसन हुण्डी’माथि प्रहरीको ‘क्रस चेक’ : स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित १ जना प्रहरीको फन्दामा !

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विरगन्ज – प्रहरीले विरगन्ज महागरपालिका १६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार साझा सोही महानगरपालिका १६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको हो । 
अवैध वित्तिय कारोवार (हुण्डी) भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना ६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: