
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । विश्वभर फैलिएको कोरोनाको महामारीको असर नेपालमा पनि परेको छ । कोरोना प्रकोपलाई फैलिन नदिने देशभर लकडाउन गरिएको छ । एटिएमहरुमा बढी जोखिम हुने भएकाले विभिन्न ठाउँका एटिएमहरु कतिको सुरक्षित वा कतिको जोखिमयुक्त छन् भन्ने विषयमा हामीले तथ्यहरु प्रस्तुत गर्दै आएका छौं । यहि क्रममा एटिएम वाच’का लागि हामी यतिबेला काभ्रेको बनेपामा छौँ ।

काभ्रेको बनेपामा एनआइसीको एटिएम सुरक्षित छ । एटिएममा सेनिटाईजरको व्यवस्था राम्रो गरिएको छ । कार्यालय छिर्दा पनि अनिवार्य रुपमा सेनिटाईजर प्रयोग गर्न लगाइएको छ ।
बनेपामा सकभर सिटिजन्स बैंकको एटिएममा नछिर्दा नै राम्रो हुन्छ । यहाँ कोरोना संक्रमणको ठुलो जोखिम देखिएको छ । कुनै पनि सावधानी अपनाईएको छैन ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि सेनिटाईजर छैन । अलि वरतिर बैंकले नराखेको भएपनि हात धुने ठाउँ छ ।

सबैभन्दा व्यवस्थित एटिएम लक्ष्मी बैंकको छ । सेनिटाईजरको राम्रो व्यवस्था छ । एटिएम पनि हातले नछोई टुथपिक प्रयोग गर्न भनिएको छ ।




एनसीसी बैंकको एटिएममा छिर्दा लडिने डर छ । पानीले भित्र हिलो बनाएको छ । निकै फोहोर छ एटिएम। 

प्राइम बैंकको एटिएम पनि असुरक्षित छ । यहाँ स्वास्थ्य-सुरक्कोषा कुनै व्यवस्था छैन ।

नबिल बैंकको एटिएमबन्दै छ । जानै मिलेन ।
