×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धुलिखेलमा ATM WATCH : सबैजसो बैंकमा उच्च सतर्कता, तर सेन्चुरीमा हात धोएर एनआइसी जान्छन् ग्राहक ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । विश्वभर फैलिएको कोरोनाको महामारीको असर नेपालमा पनि परेको छ । कोरोना प्रकोपलाई फैलिन नदिने देशभर लकडाउन गरिएको छ । एटिएमहरुमा बढी जोखिम हुने भएकाले विभिन्न ठाउँका एटिएमहरु कतिको सुरक्षित वा कतिको जोखिमयुक्त छन् भन्ने विषयमा हामीले तथ्यहरु प्रस्तुत गर्दै आएका छौं । यहि क्रममा एटिएम वाच’का लागि हामी यतिबेला काभ्रेकोधुलिखेलमा छौँ । 

 राष्ट्रिय वाणिज्य बैंकले हात धुने व्यवस्था गरेको छ । सेनिटाईजरको पनि व्यवस्था गरेको छ । 

 एनआइसी एशिया बैंकले सेनिटाईजरको व्यवस्था गरेको छ । तर हात धुने ठाउँ छैन । 

 
 तर नजिकै सेन्चुरी बैंकको एटिएममा हात धुने ठाउँ छ । तर फेरी सेन्चुरीको एटिएममा सेनिटाईरको व्यवस्था छैन । त्यहि भएर अधिकांस ग्राहक सेन्चुरीमा हात धुन मात्र जान्छन् । त्यसपछि नजिकै रहेको एनआइसी एशिया बैंक वा बाणिज्य बैंकको एटिएममा रकम निकाल्न जान्छन् ।   

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: