×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सबै बैंकका सातै प्रदेशका सबै शाखा कार्यालयहरु खुल्ला रहने, ऋण भुक्तानी गरेमा १०% ब्याज छुट पाइने !

LAXMI SUNRISE BANK

आज सबै बैंकका सातै प्रदेशका सबै शाखा कार्यालयहरु खुल्ला रहने, ऋण भुक्तानी गरेमा १०% ब्याज छुट पाइने !

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार बैंकका सबै शाखा कार्यालयहरु खुल्ने भएका छन् । आइतबार सबै शाखा कार्यालयहरु खुल्ला रहने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । यसो त अहिले मुलुक लकडाउनको अवस्थामा रहेका कारण बैंकहरुले सबै शाखा कार्यालय खोल्न सकेका थिएनन् । बैंकहरुले लकडाउनको अवस्थामा ग्राहकको सुविधालाइ भने ध्यानमा राख्दै सातै प्रदेशका ग्राहकलाई पायक पर्ने गरी शाखा खोलिरहेका छन् ।
बैंकहरुले आइतबार तेस्रो त्रैमासको अन्तिम दिन भएका कारण सबै शाखा कार्यालयहरु खुला राखेका हुन् । तेस्रो त्रैमासका सम्पूर्ण हिसाबकिता (क्लोजिङ) का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी सहुलियत प्याकेज ल्याएको छ । ऋण चैतमा तिरेको अवस्थमा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । ब्याजमा १० प्रतिशत छुट लिनका लागि आज अन्तिम दिन समेत हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी