Skip to content
LAXMI SUNRISE BANK

कोरोनाविरुद्ध लड्न बीमा समितिद्वारा रु पाँच करोड सहयोग

अर्थ सरोकार

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा बीमा समितिले ५ करोड रुपैयाँ सहयोग गरेको छ । समितिले बिहिबार कोषमा उक्त रकम जम्मा गरेको हो । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिपछि त्यसबाट बच्न कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरी संघसंस्थालगायतका  विभिन्न निकायलाइ सहयोगको अपिल गरेको थियो । सोही अनुसार नियामक बीमा समितिले पनि उक्त  रकम सहयोग गरेको हो । 
साथै समितिले विपदको यस घडीमा सबैले सकेको सहयोग गर्न पनि आग्रह  गरेको छ । यस्तै बिहिबार उक्त कोषमा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK