×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरेन्द्रनगर नगरपालिकाद्वारा दुई करोडको राहत सामग्री वितरण

PRIME CA

वीरेन्द्रनगर नगरपालिकाद्वारा दुई करोडको राहत सामग्री वितरण

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रू. दुई करोडको राहत सामग्री वितरण गरेको छ ।  नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रू. एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।
कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिवार बसेको बैठकले शुक्रवारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो । कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदूर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिए । 
नगरपालिकाले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको रू. ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट रू. ६ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जानकारी दिएको छ । कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माणकार्यलाई भौतिक दूरी कायम गरी रोगको संक्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ । 
त्यस्तै यस अवधिमा कोरोना भाइरस संक्रमण भए/नभएको पत्ता लगाउन १६० जनाको द्रुत निदानात्मक परीक्षण (आरडिटी) गरिएको जानकारी दिएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना संक्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: