×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको केन्द्रबिन्दु बनेको उदयपुरबाट थप ९१ जनाको स्वाब विराटनगर पठाइयो, कस्तो आउला रिपोर्ट ?

LAXMI SUNRISE BANK

कोरोनाको केन्द्रबिन्दु बनेको उदयपुरबाट थप ९१ जनाको स्वाब विराटनगर पठाइयो, कस्तो आउला रिपोर्ट ?

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
उदयपुर – उदयपुरबाट सोमबार थप ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।
 स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको हो । पठाइएको नमूना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । 
कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अव आवश्यकता र मागअनुसार मात्र स्वाब नमूना सङ्कलन गर्न लागिएको प्रमुख सुबेदीले बताए । उदयपुरमा कोरोनाबाट २८ सङ्क्रमित भएका छन् भने नेपालभर ५२ जना संक्रमित छन । १६ जना निको भएर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी