
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले महा प्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अधिकारीसँगै बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई गभर्नरमा सिफारिस गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् ।
‘सफलताको कारण सिएको पढाइ’
५ वर्ष अगाडि गभर्नर पदको लागि नाम सिफारिस भएपनि महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाएनन् । नोटमा हस्ताक्षर गर्ने अधिकारीको इच्छा अधुरो नै रह्यो । अब भने उनको त्यो इक्षा पूरा हुने भएको छ । ५ वर्षे कार्यकालको लागि उनी नेपाल राष्ट्र बैंकको गभर्नर बनेका छन् । अधिकारीले राष्ट्र बैंकमा २६ वर्ष काम गरेका छन् । ५ वर्ष डेपुटी गभर्नर भएरै काम गरेका अधिकारी अर्थमन्त्रीका निकै प्रिय पात्र मानिन्छन् । खोटाङमा जन्मेका अधिकारी राष्ट्र बैंककै तर्फबाट सिए पढ्न भारत गएका थिए । सिए सकेर उनी पुन: काममा फर्किए । केहि समय अगाडी भएको सिए कन्फेरेन्समा उनले भनेका थिए, ‘म जे भएँ, आज जे छु, सबै सिएको पढाइले सिकाएका चीजहरुका कारणले छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्