
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिटिजन्स बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ ।
३ महिनादेखि १० वर्षसम्मको अवधि रहको यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । साथै, शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् ।
यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।
बैंक आजबाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै बैंकले यसपालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ । बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुअली मनाएको हो ।
भर्चुृअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
बैंकले हाल ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्