×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

Artha Sarokar

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो ।
उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागी भनेर निर्र्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो । बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड-१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो ।
कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ ।
यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोनपे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी