janaganana
NABIL AD

अब फोन पेमार्फत सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

GARIMA BANK

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम अब फोन पे मार्फत तिर्न सकिनेछ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकवर्गहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुरुवात गरेको छ ।
अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहज रुपमा भुक्तानी गर्न सकिनेछ ।
कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रबिधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई सेवा तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्पको साथै थप सहजता प्रदान गरेको छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal