×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस र सेल पेबीच रेमिटान्स कारोबार शुरु

PRIME CA
GLOBAL IME BANK

सिटी एक्सप्रेस र सेल पेबीच रेमिटान्स कारोबार शुरु

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच रेमिटान्स कारोबार शुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७ हजार ५ सयभन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् ।
यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि बिश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: