Skip to content
LAXMI SUNRISE BANK

कोरोनाविरुद्धको अभियानमा सिभिल बैंकको साथ, सरकारलाई दियो साढे ७८ लाख

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको संक्रमण तथा रोकथामको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सिभिल बैंकले ७८ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अठहत्तर लाख पचास हजार रुपैँया नगद प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सत्तरी लाख रुपैँया र बैंकको संचालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकम मध्येबाट आठ लाख पचास हजार रुपैया समेत गरी सो सहयोग रकम प्रदान गरिएको हो ।
सो रकम मध्येबाट त्रिचालिस लाख पचास हजार रुपैया नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषुको खातामा जम्मा गरीनुका साथै देशको सातै प्रदेश सरकारलाई पाँच लाख रुपैँयाका दरले गरी जम्मा पैंतीस लाख रुपैँया प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप करिब आठ लाख पचास हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ । यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि कुल रकम करिब सत्तासि लाख योगदान गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK