
- अर्थसरोकार सम्बाददाता
काठमाडौं । देशकै एकमात्र निजामति कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ । काठमाडौंको नयाँ बानेस्वर स्थित निजामति कर्मचारी अस्पतालमा राष्ट्रिय आविस्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखिएको हो । राष्ट्रिय कर्मचारी संगठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरुको सहयोगमा उक्त स्वाब कलेक्नस बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिर्घराज आर.सि.ले बताउनुभयो ।
उहाँले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्नसन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने बताउनुभयो । त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीइ लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताउनुभयो । स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उहाँले बताउनुभयो ।
स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पुर्याउने बताउनुभयो । यस्तै राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय आविस्कार केन्द्र ले स्वाब कलेक्सन बुथ पूर्ण रुपमा बैज्ञानिक र सुरक्षित रुपमा निर्माण गरिएको जनाएको छ । बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्