×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोका-कोलाको सामाजिक कार्य : कोरोना विरुद्ध लड्न ८ करोड रुपैयाँ सहयोग

PRIME CA
GLOBAL IME BANK

कोका-कोलाको सामाजिक कार्य : कोरोना विरुद्ध लड्न ८ करोड रुपैयाँ सहयोग

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने भएको छ । कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाखभन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने कम्पनीको उद्देश्य रहेको छ । नेपालमा कोका-कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।
यसका साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु-पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको हो ।
कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: