
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालको अग्रणी आर्थिक डिजिटल पत्रिका अर्थ सरोकार डटकममा आवद्ध कर्मचारीहरुको कोरोना बीमा गरिएको छ । कोभिड–१९ बाट आफ्ना कर्मचारीहरुलाई सुरक्षा गर्नका लागि हालै बीमा समितिले लागू गरेको कोरोना बीमाको आवश्यकतालाई मध्यनजर गर्दै अर्थ सरोकार संचालक कम्पनी शुभम् मिडिया प्रालिले आफ्ना सम्पूर्ण कर्मचारीको जनही एक लाखको बीमा गराएको हो । कम्पनीले अर्थ सरोकार डटकममा आवद्ध कर्मचारीको बीमा अजोड इन्स्योरेन्स लिमिटेडबाट गराएको छ भने मल्टिमिडिया ब्युरोमा काम गर्ने कर्मचारीको बीमा अर्को एक कम्पनीबाट गराएको छ ।
सो बीमालेखले कर्मचारीहरुलाई १ वर्षसम्म कोभिड–१९ बाट सुरक्षा प्रदान गर्नेछ । कोभिड–१९ बीमालेख अर्थ सरोकारका प्रबन्ध निर्देशक एवम् सम्पादक सुरज प्याकुरेललाई अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले मंगलबार हस्तान्तरण गरेका छन् ।
‘हाम्रा कर्मचारी हाम्रा सम्पत्ति हुन् । हाम्रा कर्मचारीको सुरक्षा हाम्रो मुख्य प्राथमिकता हुनुपर्छ । त्यसैले हामीले सबै कर्मचारीको कोरोना बीमा गरिदिएका छौँ ।’ अर्थ सरोकारका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने, ‘यस्तो परिस्थतिमा पनि कर्मचारी साथीहरु फिल्डमै खटेर काम गरिरहनुभएको छ । बीमा गरेपछि हामीले जोखिम न्यूनिकरण भएको महसुस गरेका छौँ ।’
अर्थ सरोकार डटकम संचालक कम्पनीले अर्थ सरोकार डटकम, अर्थ सरोकार रेडियो कार्यक्रम, अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार खोज पत्रिका सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्