×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

PRIME CA

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

६ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट उनि डिस्चार्ज भएकी हुन् । उनमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियाे । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: