×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार नाघ्यो, संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार नाघ्यो, संक्रमितको संख्या कति पुग्यो ?

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार दिउँसो १२ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख १४  हजार २७० रहेको छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि साढे १८ लाख नाघेको छ । अहिलेसम्म विश्वभर १८ लाख ५३ हजार ६०४ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ४ लाख २७ हजार ८०१ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १३ लाख ११ हजार ५५३ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५ लाख ४२ हजार ७१ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै इटालीमा मृत्यु हुनेको संख्या २० हजार नजिक छ भने स्पेनमा १७ हजार नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या १४ नाघेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी