
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – इसेवाले विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई नमुछन आग्रह गरेको छ । इसेवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको जनाएको हो । र नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नरहेको बताएको छ ।
‘विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको इसेवा भएको सबैलाई जानकारी नै छ । सुरुवाती दिनदेखि नैविभिन्न बाधा व्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ । इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हो । इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आम ग्राहकलाई जानकारी गराउछौँ। इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ ।’ इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ ‘लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध छन्। मुलुकको यस विषम परिस्थितीमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएकोर यसको हामी भरपर्दो सारथी भएकोमहशुस गरेका छौँ ।’ ‘विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुष्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ । हामी नगदरहित नेपाल बनाउनेअभियानमा किञ्चित पनि बिचलित छैनौ र हुनेछैनौ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्