
काठमाडौं । गण्डकी विकास बैंकले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका अध्यक्ष सुशील गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बैंकको तर्फबाट गण्डकी प्रदेशले स्थापना गरेको राहत कोषका लागि बैंकका अध्यक्ष सुशील गौचनले मुख्यमन्त्री गुरुङलाई ६ लाख रुपैयाँको चेक हस्तान्त्रण गरे । अन्य प्रदेशलाई प्रति प्रदेश ४ लाख रुपैयाँको दरले २४ लाख रुपैयाँ छिट्टै हस्तान्त्रण गरिने बैंकले जनाएको छ ।
कोरोनाको सामनाका लागि हरेक उद्यमी, व्यवसायी, पेशाकर्मी, संघसंस्था तथा सम्पूर्ण नागरिकको सहकार्य आवश्यक भएकाले बैंकको तर्फबाट हुनसक्ने सहयोगका लागि बैंकले निरन्तर भूमिका खेल्ने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्