Skip to content
LAXMI SUNRISE BANK

सरकारलाई ग्याँस उद्योग संघको साथ : विपदसँग जुध्न १५ लाख सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस, रोकथाम तथा उपचार कोषमा एलपीजी ग्याँस उद्योग संघले १५ लाख रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष गोकुल भण्डारीले उद्योग, वाणिज्य आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसले माहामारीको रुप लिएपछि सरकारले उक्त भाइरसबाट बच्न कोरोना कोष स्थापना गरेको थियो । सरकारले उक्त कोषमा सबैलाई सहयोग गर्न आग्रह गरेको थियो । सोही कुरालाई ध्यानमा राख्दै संघले उक्त रकम कोषमा सहयोग गरेको हो ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK