
- अर्थ सरोकार सम्बाददाता
बाँके – हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट नेपालमा पनि केहि व्यक्तिहरुमा संक्रमण देखिएकोले सो भाइरसविरुद्ध लड्न नेपाल सरकारद्वारा विगत १ महिनादेखि मुलकभरि बन्दाबन्दी लागु गरे पश्चात दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिकरुपमा हात मुख जोड्न समस्या उत्पन्न भएको छ ।
यसै विषम परिस्थितिलाई ध्यानमा राखी बैंकले बाँके जिल्ला स्थित राप्तीसोनारी गाँउपालिका अन्तर्गतका १०० घरधूरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल आदि जस्ता खाद्यान्नहरु खरिद गरि बैंकका शाखा प्रबन्धक श्री भरत भुषालद्वारा उक्त सामाग्री गाँउपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाँउपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बैंकले यस विषम परिस्थितिमा राहत सामाग्री वितरण गर्नुका साथै ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्