×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा कामना सेवा विकास बैंकले ल्यायो नयाँ योजना, अव घरमै बसेर सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लकडाउनमा कामना सेवा विकास बैंकले ल्यायो नयाँ योजना, अव घरमै बसेर सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्न सकिने

Artha Sarokar

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – “प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबार (बैशाख १६ गते)देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 
अव ग्राहकहरुले घरैमा बसेर बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । 
यसै गरी बैंकले बिक्रम संवत २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कमचारीहरुद्धारा खिचीएका तस्विरहरु प्रयोग गरिएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरे । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी