×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : सामाजिक सुरक्षा भत्ता लिन ज्योति विकास बैंकको लाइनमा मानिस, ‘लकडाउन’मा थप कडाई

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सामाजिक सुरक्षा भत्ता लिन तुलसीपुरस्थित ज्योति विकास बैंकमा बसेका उपमहानगरपालिका वडा नं ११ का नागरिकदेखि काठमाडौँमा सवारी पास बिना चलेका सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिएकोसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
सामाजिक सुरक्षा भत्ता लिन तुलसीपुरस्थित ज्योति विकास बैंकमा बसेका उपमहानगरपालिका वडा नं ११ का  नागरिक ।
दिपायल सिलगढी नगरपालिका–७ पाकरीका स्थानीयवासीको घरमै गएर सामाजिक सुरक्षा भत्ता दिँदै नगरप्रमुख मञ्जु मलासी । लकडाउनका कारण ज्येष्ठ नागरिकलाई कार्यालय भत्ता लिन आउन समस्या भएपछि घरमै गएर भत्ता वितरण गर्न थालेको हो । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पामा निर्माणाधीन एकीकृत बस्ती । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू  गरेको लकडाउनका कारण सो बस्ती निर्माणको काम स्थगन गरिएको  हो । 
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि भएको बन्दाबन्दीको उल्लङ्घन गरी सवारी साधन बढी मात्रामा चल्न थालेपछि जाँचका क्रममा  मङ्गलबार काठमाडौँको भद्रकालीमा बरामद  सवारी पास नभएका गाडी ।
लकडाउन अवधिमा कैलालीको फूलबारीस्थित खुला सीमामा आवतजावत रोक्न गस्ती गर्दै सशस्त्र प्रहरी ।  कैलालीको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले अस्थायी जाँचचौकी थपेर सुरक्षा दिन थालेको छ ।
जय मालिका यातायात प्रालि बाजुराको सहयोग एवं राष्ट्रिय समाचार समिति मार्तडी, बाजुराका समाचारदाता प्रेमबहादुर रौलेको समन्वयमा बडीमालिका नगरपालिकाका प्रमुख पद्म बडुवालले सञ्चारकर्मीका लागि ३५ वटा जाकेट नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहलाई मङ्गलबार हस्तान्तरण गर्दै ।
दुईदिनको झरीपछि मौसममा सुधार आउँदा दैलेखको सदरमुकामबाट देखिएको दुल्लु सिंजा राज्यको हिउँदे राजधानीका रुपमा चिनिने दुल्लु नगरपालिकाको  दृश्य । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –३ स्थित स्याली नदीमा आएको बाढीले  बगरमा लगाइएको काँक्रोलाई क्षति पु¥याएपछि टिपेर थुपार्दै कृषक । बाढीले बगरमा लगाइएको  रु ५० लाखको तरकारी खेतीमा क्षति पु¥याएको छ । 
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरना क्षेत्रमा सडक विस्तार गरिँदै । लकडाउनका बीच पनि यस क्षेत्रमा सडक निर्माण  जारी छ ।
विभिन्न जिल्लाबाट उद्धार गरी ल्याइएका विद्यार्थीको विवरण सङ्कलन गर्दै जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी । 
दूधकोशीको पानी लिफ्ट गरेर गाउँमा निकाल्ने तयारीस्वरुप हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा निर्माण गरिएको ट्याङ्की । बीस हजार उपभोक्तालाई लक्षित  सो  खानेपानी आयोजनाको काम लकडाउनका समयमा पनि धमाधम भइरहेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीको बगरमा आफूले गरेको तरबुजा खेतीमा बाढी पसेर पु¥याएको क्षति  निकाल्दै महिला । तरबुजा नपाक्दै नदीमा बाढी आएर क्षति पुगेपछि किसान चिन्तित  छन् । 
मुस्ताङको मार्फाबाट पोखरामा ल्याइएको साग बोरामा मिलाउँदै मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट । उहाँले बन्दाबन्दीको कारण बिक्री नभएको साग खरिद गरी कोरोना भाइरस रोकथाम तथा  नियन्त्रणमा अग्रमोर्चामा खट्नेलाई  निःशुल्क वितरण गर्दै आउनुभएको छ ।
बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि  सिंहदरबार–भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: