×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेविसंघका नेता काफ्लेद्वारा विवाह खर्च कटाएर कोरोना राहत कोषमा २ लाख रुपैयाँ सहयोग

PRIME CA
GLOBAL IME BANK

नेविसंघका नेता काफ्लेद्वारा विवाह खर्च कटाएर कोरोना राहत कोषमा २ लाख रुपैयाँ सहयोग

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले आफ्नो विवाह खर्चवाफतको रकम ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा २ लाख रुपैयाँ जम्मा गरेका हुन् ।
विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताए । सोमबार स्वास्थ्यमन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका सांसदहरुले राहत कोषमा रकम जम्मा गरेका छन् । नीजि क्षेत्रका व्यवसायी र अन्य नागरिकहरुले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: