×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले गर्यो यस्तो निर्णय, कोरोना नियन्त्रणका लागि १ करोड आर्थिक सहयोग गर्ने

GLOBAL IME BANK

लक्ष्मी बैंकले गर्यो यस्तो निर्णय, कोरोना नियन्त्रणका लागि १ करोड आर्थिक सहयोग गर्ने

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोरोना भाइरसको महामारीकोे नियन्त्रण तथा प्रभावितलाई राहत प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले १ करोड बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले प्रदान गर्ने राहत रकममध्ये ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको हो ।
यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै प्रभावित व्यक्ति तथा परिवारलाई केही हदसम्म राहत मिल्ने बैंकले जनाएको छ । नियमित बैंकिङ्ग सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत सो सहयोग गरिएको जानकारी दिएको छ ।
यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पुर्याउदैं लैजाने समेत बैंकको प्रतिबद्घता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: