
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले कोरोना उपचार कोषलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त ५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिन कुमार लालले हस्तान्तरण गरेका हुन् ।
कम्पनीको संचालक समितिको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” उक्त रुपैयाँ जम्मा गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको बताउँदै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारसँग एकजुट भै कार्य गर्न प्रतिबद्ध रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्