Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिम प्रदेशलाई एलआरआई स्कूलले दियो ५० थान क्वारेन्टाइन बेडसेट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडाैंको एलआरआई स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान बेडसेट पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत उक्त सामग्री प्रदान विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई पठाएका हुन् । 
सुदूरपश्चिम प्रदेश कोरोनाबाट बढी प्रभावित भएकाले थोरै भए पनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको गुठियार पन्तले बताए। विद्यालयले ५० थान बेड, ५० थान म्याट्रेस, ५० थान सिरानी, ५० थान बेड सिट, ५० थान बल्याङ्केट गरी करिब चार लाख बराबरको सामग्री हस्तान्तरण गरिएको विद्यालयका मुख्य लेखाअधिकृत दीपक जोशीले बताए । 
यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरिसकेको छ। शैक्षिक गुठीअन्तर्गत सञ्चालित उक्त स्कुलले बेला बेला विभिन्न विपदमा सहयोग गर्दै आएको छ। यसका साथै विद्यालयले थुप्रै सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK