×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा चार लाख सहयोग

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्धारा सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा चार लाख सहयोग

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । महालक्ष्मी विकास बैंकले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा चार लाख सहयोग गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले सरकारले खडा गरेको उक्त कोषमा चार लाख सहयोग गरेको बैंकका शाखा प्रवन्धक प्रकाश खडकाले जानकारी दिए ।
बैंकको केन्द्रीय कार्यालयले ५० लाख रकमबाट सातवटै प्रदेशमा चाररचार लाख र संघीय सरकारको कोषमा १२ लाख दिने निर्णय गरेको थियो । सोही अनुसार धनगढीस्थित शाखाबाट बिहिबार प्रदेश सरकारलाइ हस्तान्तरण गरिएको थियो । बैंकका शाखा प्रमुख झंकर कडायतले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ चेक हस्तान्तरण गरेका थिए। शाखा प्रमुख कडायतले मानविय सेवानै सबैभन्दा ठूलो भएकाले रकम सहयोग गरिएको बताए ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले कोषमा जम्मा भएको रकम उपचार र अन्य आवश्यकताका आधारमा खर्च गरिने बताए । उनले भने- प्रदेश सरकारले ४० करोडमा स्थापना गरेको कोषमा अहिले नीजि क्षेत्रबाट सहयोग भइरहेको छ । यो रकम स्वास्थ्य उपचार र अन्य आवश्यकताका आधारमा खर्च गरिन्छ ।
मुख्यमन्त्री भट्टले आम नागरिकलाइ लकडाउनको पूर्ण रूपमा पालना गर्न आग्रह गरे। उनले भने – कोरोना नियन्त्रण गर्न मुख्य भनेको सामाजिक दुरी र लकडाउनको पूर्ण पालना हो । त्यसैले आम नगरिकले सरकारको निर्णय पूर्ण रूपमा पालना गरिदिनुहोस । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा एक करोड २३ लाख रकम विभिन्न बैंक, वितिय संस्था र संघरसंस्थाबाट सहयोग भएको जनाइएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: