×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा बैंक नखुल्दा सेवाग्राही मर्कामा, स्थानीय भन्छन् ‘न बैंक खुल्ला छ न एटिएम खुल्ला छ’

PRIME CA

मकवानपुरमा बैंक नखुल्दा सेवाग्राही मर्कामा, स्थानीय भन्छन् ‘न बैंक खुल्ला छ न एटिएम खुल्ला छ’

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर – लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालय खुल्न नसक्दा मकवानपुरका सेवाग्राही समस्यामा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुन नदिन देश लकडाउनको अवस्थामा रहेका कारण बैंक तथा वित्तीय संस्थाले प्रयाप्त मात्रामा सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका हुन् । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने र एटीएम पनि खुल्ला राख्ने निर्णय गरेको थियो । तर प्रशासनले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाइ सञ्चालनको अनुमति नदिएपछि सेवाग्राही मारमा परेका हुन् ।
यता सेवाग्राहीहरुले हेटौँडामा अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पोखेका छन् । उक्त स्थानमा एनआइसी एशिया, माच्छापुछ्रे, मेघा, नबिल, एनएमबी लगायतका अधिकांश बैंकहरु छन् तर सबै बन्द रहेको सेवाग्राहीहरु बताउँछन् । सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक भने बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ ।
सेवाग्राहीकाअनुसार बैंकका (गार्ड)ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ । स्थानीयहरुले बैंक र एटिएमबाट पैसा झिक्न नपाउँदा समस्या परेको बताएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: