Skip to content
LAXMI SUNRISE BANK

चीनमा लकडाउन खुलेपछि बिहे गर्ने धमाधम बढ्दै, नेपालका जोडीहरुले पनि विवाहको मिति सारे !

अर्थ सरोकार

काठमाडौँ – कोरोनाको केन्द्र चीनको हुवेई प्रान्तको उहानमा गएको मंगलबार लक डाउन खुलेको छ। लक डाउन खुलेसँगै त्यहाँ खुसियाली छाएको छ। मानिसहरुको चहलपहल एक्कासि बढेको छ। ७६ दिन घरभिर थुनिएर बसेका नागरिक अब भने निस्फिक्री भएर हिँड्न थालेका छन्। लकडाउन खुलेसँगै उहानमा बिहे गर्नेको संख्यामा एक्कासि बढोत्तरी भएको छ। बिहेका लागि अनलाइन रजिस्ट्री गर्नेको ओइरो नै लाग्ने गरेको चीनको माइक्रो ब्लगिङ साइट बिबोको अफिसिइल साइटले जनाएको छ। 
यद्यपि चीनको उहानमा बिहे गर्ने र अनलाइन रजिस्ट्री गर्नेको संख्या बढेसँगै बिहे गराउने त्यस्ता खालका एपमा भार परेपछि समस्या देखिएको छ। जसका कारण त्यस्ता खाले एपहरु केही समय लोड थेग्न नसकेर बन्द नै गरिएका थिए। यस्तै चीनमा विवाह रजिस्ट्री गर्ने एक एप ‘एबाकस’ले फ्रेब्रुअरीदेखि मार्चसम्म विवाहको रजिस्ट्रेसन लिन बन्द गरिएको जनाएको छ। 
यद्यपि हुवेई प्रान्तका सहरहरुमा विवाह हुने त्यस्ता भीडभाडमा त्यहाँको प्रशासनले कडाइ गरेको छ। फोटोसुटमा पनि भीडभाडलाई लिएर अलग अलग स्थान निर्धारण गरिएको छ। विवाह गर्दा जोडीले स्वास्थ्य रिपोर्ट पनि पेस गर्नुपर्ने यसैबीच बिहेको तयारीमा जुटेका त्यहाँका चिनियाँले आफू स्वस्थ रहेको र कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको भएको स्वास्थ्य सर्टिफिकेट पेस गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ। जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरुको विवाहको रजिस्ट्रेसन मान्य हुने बताइएको छ। साथै उहानलगायत चीनका हुवेईमा पर्ने कतिपय सहरमा जोडीबीच सम्बन्धविच्छेदका पनि नयाँ नयाँ केस पनि आइरहेका बताइएको छ।
यता बैशाखमा विवाहको तयारी गरिरहेका नेपाली जोडीहरुले पनि धमाधम विवाहको मिति सारेका छन् । धेरैले बैसाखको विवाहलाई मङ्सिरसम्म सारेका छन् । प्रेमिका नेपालमा र प्रेमी विदेशमा हुनेहरु वा प्रेमिका विदेशमा र प्रेमी नेपालमा हुनेहरुलाई लकडाउनले झन् विवाह नै नहुने पो हो कि भन्ने चिन्ताले साताएको पाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK