×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक…

PRIME CA

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक…

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भएपछी प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
साथै बैठकमा कोरोना भाइरस रोकथाम, दुई अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।पार्टी फुटाउने उद्देश्यले ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब छ ।
बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधव कुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको अभिव्यक्ति दिएको नेताहरुले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: