×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामका लागि मेगा बैंकले गर्यो गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कोरोना रोकथामका लागि मेगा बैंकले गर्यो गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख आर्थिक सहयोग

काठमाडौं – मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।
मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५-५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।
मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: