×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट

LAXMI SUNRISE BANK

मेगा बैंकका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । मेगा बैंक नेपालका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् । दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ ।
कोरोना भाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ ।
जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी