×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका ग्राहकलाई विशेष छुटसहित घरमै औषधि, यी नम्बरमा कल गरी अडर गर्न सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मेगा बैंकका ग्राहकलाई विशेष छुटसहित घरमै औषधि, यी नम्बरमा कल गरी अडर गर्न सकिने

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं –  मेगा बैंक नेपालका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा-सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको हो ।
औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । मेगा बैंकका ग्राहकहरुले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको ०१-४१०६८६०, ९८४९०९८०० मा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक औषधि खरिद गर्न सक्नेछन् ।
कोरोनाभाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग यो सम्झौता गरेको मेगा बैंकले जनाएको छ । घरमै बसेर बिना झन्झट औषधि खरिद गर्ने सुविधा उपभोग गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।
यसका साथै, मेगा बैंकले लकडाउनमा पनि देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी