- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८१ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ४१ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२२ रुपैयाँ २१ पैसा रहेको थियो । यता, युरो एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १३ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्