×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकद्वारा ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा सञ्चालन, यस्ता छन् फाइदाहरु

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकद्वारा ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा सञ्चालन, यस्ता छन् फाइदाहरु

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आफ्ना व्यवसायीक ग्राहकहरूलाई विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ ।
ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरूलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरूलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् । साथै, ग्राहकहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरू समेत गर्न सक्नेछन् ।
ई@नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह, भन्छन् ,’ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन।’
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखाहरू र १७५ एटिएम काउण्टरहरू रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरूवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरूवात गर्नुका साथै आफ्नाे व्यवसायलाई ग्राहकहरूको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: