
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्सका कर्मचारीले खाद्यान्न उपलब्ध गराएका छन् । इन्स्योरेन्सको केन्द्रीय कार्यालय एवं उपत्यकाका विभिन्न शाखाका कर्मचारीहरुले रकम संकलन गरेर सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरूलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ ।
कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन अपनाइएको लकडाउनका समयमा बिहान–बेलुका हातमुख जोर्ने समस्या परेको उनीहरूलाई कर्मचारीले खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएको छ । मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थाले उनीहरुलाई खाद्यान्न अभाव भएको भनेपछि ८१ बोरा चामल, १५१ किलो दाल, १५१ प्याकेट नुन, १४१ किलो आलु सहयोग गरिएको जनाइएको छ ।
यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट कीर्तिपुरमा करिब ८०० विद्यार्थीलाई खाद्यान्न वितरण गरेको पनि जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्