काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) अब कनेक्ट आईपीएस मार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको छ । यस सुविधा अन्तर्गत बीमीतले कनेक्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसेर आफनो बीमा शुल्क भुक्तानी गर्न सक्ने भएको छ।
कम्पनीको शाखा/ उपशाखा कार्यालयमा गई आफनो प्रिमियम भुक्तानी गर्दै आइरहेको सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएस मार्फत अनलाइन भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। साथै ,जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने जनाएको छ ।
नेपाल लाइफले आफना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई सेवा तथा प्रभु पे बाट अनलाइन भुक्तानी भइरहेको छ ।
त्यस्तै, फोन पे मार्फत आफनो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ मार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । साथै नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टम बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने कम्पनीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्