×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलपी ग्याँस उद्योग संघको सामाजिक कार्य : कोरोना उपचार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

एलपी ग्याँस उद्योग संघको सामाजिक कार्य : कोरोना उपचार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघद्धारा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । ग्याँस उद्योग संघ तर्फबाट अध्यक्ष गोकुल भण्डारीले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सोमबार(आज) उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा ग्याँस उद्योग संघका पुर्व अध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरु समेत उपस्थित थियो । सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएकोमा व्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: