Skip to content
LAXMI SUNRISE BANK

केन्द्रीय बैंकले ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै दिउँसो ३ बजे बोलकबोल हुने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिलमा सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
९१ दिनको लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुनेछ । जुन २०७७ असार २३ गते परिपक्व हुनेछ । यस्तै १ वर्ष अवधिका लागि ६ अर्ब रुपैयाँ बराबरको जारी हुने ट्रेजरी बिल २०७७ चैत २४ गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK