
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सरकारलाई १२ करोड रुपैयाँ सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा कम्पनीले उक्त सहयोग गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गरिएको जानकारी दिए । सहयोग रकम मध्ये दुई करोड रुपैयाँ टेलिकमका कर्मचारीको तलवबाट कट्टा गरिनेछ भने बाँकी १० करोड कम्पनीकै खाताबाट सरकारी कोषमा जानेछ । केही दिन अघि निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो ।
दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत कोभिड-१९ रोकथामकका लागि १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय बुधबार नै गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्