- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनआईसी एसिया बैंकले वचत र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचतका ब्याज घटेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५% र संस्थागततर्फ ७% ब्याज दिने भएको छ ।
बचतमा सबैभन्दा बढी ५.५% र सबैभन्दा कम ३.५%त ब्याज रहेको छ । बैंकले हाल एक सय वटा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।