×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकमा घरबाटै खाता खोल्न सकिने, खाता खोल्न शुल्क नलाग्ने

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया बैंकमा घरबाटै खाता खोल्न सकिने, खाता खोल्न शुल्क नलाग्ने

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकारसम्बाददाता
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन एक महिना भन्दा बढी लम्बिएपछि एनआइसी एशिया बैंकले घरबाटै निःशुल्क खाता खोल्ने व्यवस्था गरेको छ । लकडाउनका कारण घरभित्रै भए पनि एनआईसी एशिया बैंकले अनलाइनमार्फत निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरेको हो । बैंकले विज्ञप्ती जारी गरेर लकडाउनका कारण घरमै बसेस अनलाइनमार्फत ग्राहकले निःशुलक खाता खोल्न सक्ने जनाएको हो ।
“तपाईले आफ्नो बैंकिङ्ग कारोबारहरु कसरी व्यवस्थापन गरीरहनु भएको छ ? के लकडाउनका कारण बैंकमा थन्किएको तपाईको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न चुकिरहनु भएको त छैन ?” बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ,“ग्राहकको यस्तै चाहानालाई मध्येनजर गर्दै एन आई सी एशिया बैंकले घरबाटै अनलाईन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । एनआईसी एशिया बैंकमा खोलिएको मुद्दती निक्षेप खातामा उच्च ब्याजका साथै इन्स्योरेन्स सुविधा पाइने छ ।” 
बैंकका अनुसार ग्राहकहरुले घरबाटै सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिन्छ । खाता खोल्न कुनै पनि अतिरिक्त शुल्क नलाग्ने समेत बैंकले प्रस्ट पारेको छ । यसअघि एनआईसी एशिया बैंकमा बचत खाता रहेमा सोही खाता नम्बरको आधारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकमा खाता नभएका ग्राहकहरुका लागि पनि घरबाटै अनलाइन खाता खोल्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: