×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई एनआईसी एशिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई एनआईसी एशिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया बैंकको प्रदेश १ को प्रादेशिक कार्यालयले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा उक्त रकम बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।
सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिने उद्देश्यले उक्त सहयोग गरेको हो । बैंकले बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।  
 
प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: