×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्धारा भित्ते तथा टेबल पात्रो सार्वजनिक

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया बैंकद्धारा भित्ते तथा टेबल पात्रो सार्वजनिक

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गरेका हुन् ।
भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ । बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । सम्पूर्ण ग्राहहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैंकले यो पात्रो सार्वजनिक गरेको हो ।
डिजिटल पात्रो ग्राहकहरूले यस लिंक (https://www.nicasiabank.com/online-services-footer/nicasia-calendar) मार्फत सजिलै आफ्नो मोबाईल तथा कम्प्युटरमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: