×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला एनआईसी एसिया बैंकको उपहार, यी ४ वटा अनलाइनबाट सामान खरिद गर्दा छुटैछुट

PRIME CA
GLOBAL IME BANK

लकडाउनका बेला एनआईसी एसिया बैंकको उपहार, यी ४ वटा अनलाइनबाट सामान खरिद गर्दा छुटैछुट

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई अनलाईनका माध्यमबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट हुने भएको छ । दरान अनलाइनमा रहेको बिगमार्टका साथै सेल्सबेरी, मेरो किरना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ सम्म छुट हुने जनाएको छ । यसको लागि चार वटा अनलाईन डेलिभरीका माध्यमहरूसँग समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा छुट पाउन सक्नेछन् ।
लकडाउनको समयमा ग्राहकलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । साथै बैैकका ग्राहकले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २५ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको छ । अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: