×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, लकडाउनका बेला विश्वका ५० बढी देशहरूबाट पैसा पठाउन सकिने

LAXMI SUNRISE BANK

एनआईसी एसिया बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, लकडाउनका बेला विश्वका ५० बढी देशहरूबाट पैसा पठाउन सकिने

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – World Remit र Orbit Remit मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका आम नेपालीहरुले अब घरमै बसेर एनआईसी एसिया बैंक तथा अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।  मुकुलभर फैलिएको कोरोन भाइरसलाइ ध्यनामा राख्दै बैंकले World Remit र Orbit Remit सँगको सहकार्य गर्दै यस्तो व्यवस्था ल्याएको हो । जसबाट ग्राहकहरुले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् भने बैंकले ल्याएको यस योजना अन्तर्गत विदेशमा रहेका ग्राहकले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्नु पर्ने छैन । 
विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट World Remit र Orbit Remit मार्फत एनआईसी एसिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछः
World Remit बाट रकम पठाउनको लागि ।
१.  https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै पैसा पठाउन सकिनेछ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकले World Remit बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नेछन् । 
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकहरूले थप जानकारी लिन सक्नेछन् । 
४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नेछन् भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । 
५. World Remi बाट ग्राहकहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट रकम पठाउन सक्नेछन् । 

World Remit बाट रकम पठाउनको लागि ।
१.https://www.orbitremit.com/nepal मा Log
in
 गरी आवश्यक विवरण भरेरसजिलै पैसा पठाउन सकिनेछ ।
२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधामार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ । 
३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ट्रान्सफर नि: शुल्क रुपमा पठाउन सक्नेछन् । नि: शुल्क रकम पठाउनको लागि FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ । 
४. Orbit Remit बाट ग्राहकहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट रकम पठाउन सक्नेछन् । 
यस विपतको घडिमा बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरू स्थापना गरी २४सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।
 यस्तै बैंकले घरमै बसेर अनलाईन खाता खोल्ने सुविधा पनि ल्याएको छ । बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क लाग्ने छैन भने अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी