×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले सातै प्रदेशमा वितरण गर्याे ७०० थान पीपीई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकले सातै प्रदेशमा वितरण गर्याे ७०० थान पीपीई

Artha Sarokar

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागि सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ ।

बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीई वितरण गरिसकेको छ ।

देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई रुपैया १ करोड ५१ लाख, डा. महावीर पुनः ज्यूले नेतृत्व गर्नुभएको राष्ट्रिय आविश्कार केन्द्रलाई रुपैयाँ ५ लाख, अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको आंशिक रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालयमार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको छ ।
“वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागी अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागी आ–आफ्नो क्षेत्रबाट प्रदान गर्न सक्ने महत्वपूर्ण भुमिकाको लागी उत्प्रेरित गर्दछ । एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पुर्याउने अवसरको रुपमा लिएका छौं ।” बैंकद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी